+
+
Shares
बक्सअफिस :

‘परालको आगो’ र ‘राम नाम सत्य’ को कमाइ ३ करोड माथि

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १२:३०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले शनिबारसम्म प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ।
  • फिल्म 'परालको आगो'ले ३ करोड १२ लाख १७ हजार ९२ रुपैयाँ कमाएको छ।
  • फिल्म 'राम नाम सत्य'ले ३ करोड ३९ लाख ७३ हजार ४६६ रुपैयाँ ग्रस कमाएको छ।

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्मको पछिल्लो शनिबारसम्मको कमाइको विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ‘परालको आगो’को कमाइ सुखद देखिएको छ ।

शनिबार रातीसम्म लक्ष्मण सुनार निर्देशित फिल्मले देशब्यापी ३ करोड १२ लाख १७ हजार ९२ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख १० हजार ४४२ जना दर्शकले हेरेका छन् ।

तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’को कमाइ ६३ लाख ९३ हजार १५२ रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई २० हजार २६५ जनाले हेरेका छन् ।

विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’ ले ३ करोड ३९ लाख ७३ हजार ४६६ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई १ लाख २० हजार ९२६ जना दर्शकले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?