+
+
Shares

पोखराको भाटभटेनी पुनः सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरास्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।
  • भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले दैनिक बिहान १० बजेदेखि सेवा उपलब्ध हुने जानकारी दिए।
  • गत भदौ २४ गते जेनजी आन्दोलनका बेला उक्त स्टोरमा क्षति पुगेको थियो।

२१ वैशाख, काठमाडौं । पोखरास्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।

उक्त स्टोरले सोमबारदेखि दैनिक रूपमा बिहान १० बजेदेखि नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको उनले बताए ।

गत भदौ २४ गते जेनजी आन्दोलनका बेला पोखराको भाटभटेनी सुपर स्टोरमा पनि क्षति पुगेको थियो ।

‘फेरि पनि सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र विश्वासप्रति रहनेमा हामी आशावादी छौं’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?