२१ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईसँग सभामुख डोलप्रसाद अर्यालले स्पष्टीकरण सोधेका छन् । स्रोतका अनुसार प्रतिनिधिसभाका सचिव राईले सोमबार सभामुखलाई स्पष्टीकरण बुझाइसकेका छन् ।
सभामुख अर्यालले राईको कार्यसम्पादन शैलीमा प्रश्न गर्दै स्पष्टीकरण सोधेका हुन् । सांसदहरूलाई बोल्न दिने समयमा राईले पक्षपात गरेर प्रस्ताव ल्याए भन्ने आरोप छ । सचिव राई यसअघिका सभामुख देवराज घिमिरेको सिफारिसमा नियुक्त भएका थिए ।
तत्कालीन सभामुख घिमिरेले २०८१ पुस १६ गते राईलाई सचिवमा नियुक्ति सिफारिस गरेका थिए । संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4