+
+
Shares

पदाधिकारी हटेपछि विभागीय प्रमुखलाई स्वास्थ्य मन्त्रालयले भन्यो : सेवा अवरुद्ध हुन नदिनू

मन्त्रालयले सूचना जारी गर्दै उपचार सेवा, प्रशासनिक काम र शैक्षिक गतिविधिमा कुनै असर पर्न नदिन सम्बन्धित विभागीय प्रमुखलाई जिम्मेवारीसहित काम निरन्तर सञ्चालन गर्न भनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य संस्था तथा अस्पतालको दैनिक कामकाज अवरुद्ध हुन नदिन निर्देशन जारी गरेको छ।
  • मन्त्रालयले पदमुक्त नभएका पदाधिकारी र विभागीय प्रमुखलाई उपचार सेवा, प्रशासनिक काम र शैक्षिक गतिविधि नियमित सञ्चालन गर्न भनेको छ।
  • मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी गरेपछि स्वास्थ्य क्षेत्रका पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्।

२२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य संस्था तथा अस्पतालको दैनिक कामकाज अवरुद्ध हुन नदिन निर्देशन जारी गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै उपचार सेवा, प्रशासनिक काम र शैक्षिक गतिविधिमा कुनै असर पर्न नदिन सम्बन्धित विभागीय प्रमुखलाई जिम्मेवारीसहित काम निरन्तर सञ्चालन गर्न भनेको हो ।

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य संस्था तथा अस्पतालका पदाधिकारीहरूलाई पदमुक्त गरेपछि कामकाजमा अवरोध आउन सक्ने आशंका बढेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि विभिन्न सार्वजनिक निकायमा कार्यरत पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् ।

सोही अध्यादेशको प्रभाव स्वास्थ्य क्षेत्रका प्रतिष्ठान, स्वास्थ्य संस्था र अस्पतालका पदाधिकारीमा पनि परेको छ ।

मन्त्रालयले पदमुक्त नभएका अन्य पदाधिकारी तथा सम्बन्धित विभागीय प्रमुखलाई दैनिक प्रशासनिक काम, स्वास्थ्य उपचार सेवा र प्राज्ञिक तथा शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन गर्न स्पष्ट निर्देशन दिएको छ ।

‘स्वास्थ्य उपचार सेवा, दैनिक प्रशासनिक कार्य तथा प्राज्ञिक शैक्षिक गतिविधिमा कुनै अवरोध आउन नदिन पदमुक्त नभएका अन्य पदाधिकारीहरू तथा सम्बन्धित विभागीय प्रमुखहरूले उक्त कार्य नियमित रूपमा सञ्चालन गर्न गराउन पत्र जारी गरिएको हो,’ सूचनामा भनिएको छ ।

यस क्रममा कुनै समस्या उत्पन्न भए मन्त्रालयमा सम्पर्क गर्न पनि भनिएको छ । साथै अस्पतालमा हुने उपचार सेवा र शैक्षिक कार्यक्रम प्रभावित हुन नदिन सबै सम्बन्धित पक्षलाई जिम्मेवार ढंगले काम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?