+

यू-१९ क्रिकेटको उपाधि बैतडीलाई

२०७१ असोज  ९ गते १५:४७ २०७१ असोज ९ गते १५:४७
यू-१९ क्रिकेटको उपाधि बैतडीलाई

U-19-cric-Winner-Baitadi९ असोज, काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि क्षेत्र नम्बर ६ बैतडीले जितेको छ । बिहीबार भएको फाइनलमा क्षेत्र नम्बर ८ पोखरालाई ९६ रनले हराउँदै बैतडीले उपाधि उचालेको हो ।

कीर्तिपुरमा टस हारेर व्याटिङ थालेको बैतडीले ४९ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो । उसका लागि योगेन्द्र कार्कीले २५ तथा प्रेम तामाङले २३ रन जोडे । अरुण ऐरीले २० रन जोडे ।

पोखराका दिनेश श्रेष्ठ, सुशील कँडेल र विपन कार्कीले समान २-२ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको पोखरा २३.५ ओभरमा ५७ रन जोड्दा अलआउट भयो । उसका लागि खेमराज पौडेलले २१ रन बनाए भने राजेश लम्सालले १२ रन जोडे । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पोखरालाई सस्तैमा समेट्ने क्रममा प्रेम तामाङले ३ विकेट लिए भने योगेश्वर कार्की र धिरज जैरुले समान २-२ विकेट लिए । प्रेम तामाङ म्यान अफ दि म्याच बने ।

उपाधिसँगै बैतडीले २५ हजार पाएको छ भने पोखराले १५ हजारमा चित्त बुझाएको छ ।

फेयर प्ले अवार्ड धनगढीले पाएको छ । बैतडीका प्रेम तामाङ प्लेयर अफ दि सिरिज घोषित भए । फाइनलसहित तीन खेलका म्यान अफ दि म्याच उनले १० हजार पाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय