+
+
Shares

लिपुलेक विवादबारे रास्वपा संसदीय दलका उपनेता : भारत–चीनले गरेको सम्झौता मान्य हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रको दुई छिमेकी मुलुकबीचको व्यापारिक सम्झौता नेपालका लागि स्वीकार्य नहुने बताए।
  • पराजुलीले सरकारले सीमा विवादलाई गम्भीरतापूर्वक लिएको र कूटनीतिक नोट पठाइसकेको जानकारी दिए।
  • सरकारले संवादबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आवश्यक पहलकदमी सुरु गरिसकेको उनले स्पष्ट पारे।

२३ वैशाख, काठमाडौं । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रलाई लिएर दुई छिमेकी मुलुकहरूले गरेको व्यापारिक सम्झौता नेपालका लागि स्वीकार्य नहुने बताएका छन् ।

बुधबारको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पराजुलीले यस्तो बताएका हुन् ।

सीमा विवादको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै उनले यस सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइसकिएको जानकारी दिए ।

पराजुलीले नेपाललाई जानकारी नगराई छिमेकी राष्ट्रहरूले लिपुलेकका सम्बन्धमा गरेको द्विपक्षीय सम्झौताप्रति आपत्ति जनाए ।

सीमा विवाद जस्तो संवेदनशील विषयलाई उत्तेजनाभन्दा पनि कूटनीतिक र राजनीतिक संवादका माध्यमबाटै समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

पराजुलीकाअनुसार सरकारले यस प्रक्रियालाई अगाडि बढाउन आवश्यक तयारी गरिरहेको छ र संवादबाटै समस्याको निकास निकाल्न सरकार प्रतिबद्ध रहेको छ ।

उनले सरकारको धारणा स्पष्ट पार्दै  भने, ‘हामीलाई जानकारी नदिई दुई छिमेकी देशले गरेको व्यापारिक सम्झौता हाम्रा लागि मान्य छैन । सरकारले आफ्नो तर्फबाट सीमा विवादलाई संवादमार्फत टुङ्ग्याउन स्पष्ट अडानका साथ नोट पठाइसकेको छ ।’

उनले सरकारले आफ्नो तहबाट आवश्यक पहलकदमी सुरु गरिसकेकाले यस विषयमा धेरै टिप्पणी गरिरहनु आवश्यक नरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?