+
+
Shares

सर्लाहीमा तीनदिने कार्यक्रममा सहभागी हुँदै नारायणकाजी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते ६:१५

सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ तीन दिने कार्यक्रमअन्तर्गत सर्लाहीका विभिन्न स्थानीय तहमा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने भएका छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी वैशाख २५ गते बागमती नगरपालिका, २६ गते बरहथवा नगरपालिका र २७ गते हरिवन नगरपालिकाका विभिन्न वडा तथा बस्तीमा पुगेर स्थानीय जनतासँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

यसैक्रममा वैशाख २५ गते दिउँसो ३ बजे बागमती नगरपालिका–११, पुतलीचोकमा भूमिहीन सुकुम्वासी जनतासँग अन्तरक्रिया, र्‍याली तथा कोणसभा कार्यक्रम आयोजना गरिएको उनको सचिवालयले जनाएको छ ।

यसअघि श्रेष्ठले चक्रघट्टा गाउँपालिकाका विभिन्न वडा तथा गाउँमा पुगेर जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका थिए ।

निर्वाचनमा हार–जित जे भए पनि आफू सधैं सर्लाहीका जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै आएका नेता श्रेष्ठ जनताको समस्या बुझ्न, सुझाव लिन तथा प्रत्यक्ष संवाद गर्न नियमित रूपमा सर्लाही आउने गरेका छन् ।

२१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा श्रेष्ठ सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गरेका थिए । सो क्षेत्रबाट रास्वपा उम्मेदवार नरेन्द्र साह कलवार विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?