+
+

शिखाको ‘इच्छा’ माघमा पुरा हुने

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १० गते ११:४८

dipshikha-sahi
निर्माताबाट निर्देशक बनेका मुनाल घिमिरेको चलचित्र ‘इच्छा’को डबिङ सकिएको छ । यो चलचित्र माघ २ गतेबाट देशभर प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ । चलचित्रले फरक पुस्ताको फरक सोचाइलाई मुख्य बिषय बनाएको निर्देशक घिमिरेले जानकारी दिए ।

दाङ, भैरहवा, काठमाण्डौ, धुलिखेल लगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई कमेडी लभस्टोरी जनरामा राखिएको छ । चलचित्रमा दयाहाङ राई, सुवास थापा, शिखा शाही, ओम प्रतिक लगायतका कलाकारले मुख्य भूमिका निर्वाहा गरेका छन् ।

चलचित्रले विवाह करकापमा होइन आफ्नै इच्छामा हुनुपर्छ भन्ने सन्देश दिएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, प्रकाश घिमिरको लेखन छ । रोम वली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको सिनेमामा लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?