News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वभर करिब ४० करोड मानिस ‘एलर्जिक राइनाइटिस’बाट पीडित छन् र नेपालमा पनि यो समस्या देखिन्छ।
विश्वभर करिब ४० करोड मानिस ‘एलर्जिक राइनाइटिस’बाट पीडित छन् । यसबाट नेपाल, भारत जस्ता देश पनि अछुतो छैनन् । यो यस्तो अवस्था हो, जसमा हावामा रहेका एलर्जी गराउने तत्व जस्तै परागकण (पोलन)ले नाकको मार्गलाई प्रभावित गर्छ ।
जब यो समस्या विशेषगरी वसन्त र वर्षायाममा देखिन्छ, यसलाई ‘हे फिभर’ भनिन्छ ।
उत्तर अमेरिकामा यसलाई मौसमी एलर्जी पनि भनिन्छ, किनकि यसको लक्षण विभिन्न प्रकारका परागकण वा अन्य एलर्जी गराउने तत्वका कारण हुन सक्छन् । हे फिभरका बिरामीको संख्या र यसको गम्भीरता लगातार बढिरहेको देखिन्छ । यसको एउटा प्रमुख कारण जलवायु परिवर्तनलाई मानिएको छ ।
मौसम बदलिने बेला हावा, तापक्रम र वातावरणमा परिवर्तन हुने भएकाले एलर्जी बढ्न सक्छ । विशेषगरी वसन्त र शरद ऋतुमा फूलका परागकण, धुलो, र प्रदूषण हावामा बढी फैलिन्छन् ।
यिनै तत्व नाक, आँखा वा श्वासप्रश्वासमार्फत शरीरमा पुग्दा प्रतिरक्षा प्रणालीले अत्यधिक प्रतिक्रिया जनाउँछ, जसलाई एलर्जी भनिन्छ ।
यसले हाच्छ्युँ आउने, नाकबाट पानी बग्ने, आँखा चिलाउने, घाँटी खसखस हुने वा सास फेर्न गाह्रो हुने समस्या देखिन सक्छ । कमजोर प्रतिरक्षा प्रणाली, धुलो, धुवाँ र चिसोतातोको असरले पनि एलर्जी बढ्ने सम्भावना हुन्छ ।
राम्रो कुरा के भने, अब तपाईंले यो समस्या चुपचाप सहिरहनु पर्दैन । पछिल्ला केही वर्षमा ‘हे फिभर’को उपचारका लागि नयाँ र पहिलेभन्दा प्रभावकारी औषधिहरू उपलब्ध भएका छन् ।
साथै, अध्ययनहरुले यी औषधिहरू सही समय र तरिकाले कसरी प्रयोग गर्ने भन्नेबारे पनि स्पष्ट जानकारी दिएका छन् ।
१. औषधिभन्दा ‘नेजल स्प्रे’ बढी प्रभावकारी हुन्छ
हल्का हाच्छ्युँ वा एलर्जीका लक्षण सुरु हुनेबित्तिकै धेरै मानिस क्ल्यारिटिन वा बेनाड्रिलजस्ता खाने औषधि प्रयोग गर्छन् । तर यी औषधि नेजल स्प्रे जत्तिकै प्रभावकारी हुँदैनन् । यी औषधि पहिले पाचन प्रणालीमा जान्छन् र त्यसपछि शरीरभर फैलिन्छन् । यसले गर्दा नाकसम्म पुग्ने औषधिको मात्रा कम हुन्छ, जबकि वास्तविक आवश्यकता त्यहीँ हुन्छ ।
तर नेजल स्प्रे सिधै नाकमा प्रयोग गरिन्छ र तुरुन्त असर देखाउँछ । यसले नाकको भित्रीमा भागमा हुने सुन्निने समस्या कम गर्ने कारणमा सिधै काम गर्छ, जसले नाक बन्द हुने, हाच्छ्युँ आउने र अन्य लक्षणमा राम्रो राहत दिन्छ ।
त्यसैले, अहिले बालबालिका र वयस्क दुवैका लागि नेजल स्प्रेलाई पहिलो उपचारको रूपमा सिफारिस गरिन्छ । नेजल स्प्रेमा सबैभन्दा प्रभावकारी कोर्टिकोस्टेरोइड मानिन्छ, त्यसपछि एन्टिहिस्टामिन ।
तर पछिल्ला वर्षहरूमा कोर्टिकोस्टेरोइड र एन्टिहिस्टामिन मिसिएको संयुक्त स्प्रे अझ प्रभावकारी विकल्पका रूपमा देखिएको छ । यसको साइड इफेक्ट पनि धेरै हुँदैन ।
स्टेफन दुरहमका अनुसार धेरैजसो अवस्थामा नेजल स्प्रेले आँखासम्बन्धी लक्षण पनि कम गरिदिन्छ । तर आँखा चिलाउने समस्या रहिरहेमा ओलोपाटाडिन भएको आई ड्रप उपयोगी हुन सक्छ ।
२. नाक खोल्ने स्प्रे (डिकन्जेस्टेन्ट)बाट सावधान
सबै नेजल स्प्रे एउटै प्रकारका हुँदैनन् । धेरै मानिस बन्द नाक खोल्न डिकन्जेस्टेन्ट स्प्रे प्रयोग गर्छन्, तर यसले समस्या झन् बढाउन सक्छ ।
अक्सिमेटाजोलिन, फिनाइलएफ्रिन वा जाइ मेटाजोलिन भएका स्प्रेहरूले नाक सुन्निएको कम गरेर काम गर्छन् ।
यी औषधिले रक्तनलीहरू खुम्च्याउँछन्, जसले गर्दा नाकभित्रको सुन्निएको भाग सानो हुन्छ र सास फेर्न सजिलो हुन्छ ।
तर यदि यस्ता स्प्रे पाँच दिनभन्दा बढी प्रयोग गरियो भने, शरीर त्यसमा निर्भर हुन थाल्छ । स्प्रे बन्द गर्दा नाक झन् धेरै बन्द हुन थाल्छ, जसलाई ‘रिबाउन्ड कन्जेसन’ भनिन्छ ।
यसले लामो समयसम्म समस्या बढाउन सक्छ र बानी पर्ने खतरा पनि हुन्छ ।
३. ‘एन्टिहिस्टामिन’ औषधि लिँदा नयाँ पुस्ताको औषधि रोज्नुहोस्
औषधि नखाइ हुँदैन वा बानी छ भने नयाँ पुस्ताका औषधि खान सकिन्छ, जस्तो कि सेटिरिजिन, लोराटाडिन वा फेक्सोफेनाडिन । यी औषधि बढी प्रभावकारी हुन्छन् र पुराना औषधिको तुलनामा कम निद्रा ल्याउँछन् ।
पहिलो पुस्ताका औषधि जस्तै:- डाइफेनहाइड्रामिन, क्लोरफेनिरामिन वा डोक्सिलामिनले धेरै आलश्य गराउने र निद्रा ल्याउन सक्छन् ।
तर कुन औषधि तपाईंका लागि उपयुक्त हुन्छ भन्ने कुरा एलर्जीको प्रकार, उमेर, निद्रा लाग्ने÷नलाग्ने असर र अन्य स्वास्थ्य अवस्थामाथि निर्भर हुन्छ । त्यसैले, लामो समय प्रयोग गर्नुअघि चिकित्सकसँग सल्लाह लिनु राम्रो हुन्छ ।
ग्लेनिस स्केडिङका अनुसार धेरै मानिसले गोली र नेजल स्प्रे सँगै प्रयोग गर्छन्, तर प्रायः यो पैसाको बर्बादी मात्र हुन्छ । नेजल कोर्टिकोस्टेरोइडसँग एन्टिहिस्टामिन गोली थप्दा खास बढी फाइदा हुँदैन ।
४. एलर्जी सुरु हुनुअघि नै उपचार सुरु गर्नु उचित
धेरै मानिस लक्षण देखिएपछि मात्र औषधि सुरु गर्छन्, तर यो सही तरिका होइन । राम्रो नतिजाका लागि एलर्जीको मौसम सुरु हुनुभन्दा केही साताअघि नै नेजल स्प्रे प्रयोग गर्न थाल्नुपर्छ । एक अध्ययनमा, मौसम परिवर्तनको चक्र सुरु हुनुभन्दा चार साताअघि स्प्रे सुरु गर्ने मानिसलाई लक्षण सुरु भएपछि उपचार गर्नेहरूको तुलनामा बढी राहत मिलेको पाइएको थियो ।
५. लक्षण नभए पनि औषधि नियमित लिने
डरहमका अनुसार, ‘जब मानिस भन्छन् कि औषधिले काम गरिरहेको छैन, त्यसको मुख्य कारण दुईवटा हुन्छन्, या त औषधि सही तरिकाले प्रयोग गरिएको हुँदैन, वा नियमित रूपमा लिइएको हुँदैन ।
हरेक दिन एउटै समयमा औषधि लिनुपर्छ, चाहे त्यो दिन लक्षण देखिएको होस् वा नहोस् । औषधिको सही मात्रा पालना गर्नु पनि उत्तिकै आवश्यक छ । एक अध्ययन अनुसार कोर्टिकोस्टेरोइड र एन्टिहिस्टामिन मिश्रित स्प्रे दिनमा दुई पटक प्रयोग गर्ने मानिसलाई एक पटक प्रयोग गर्नेभन्दा बढी लाभ मिलेको थियो ।
६. नेजल स्प्रे सही तरिकाले प्रयोग गर्ने
सही औषधि छनोट गरेपछि पनि धेरै मानिस नेजल स्प्रे गलत तरिकाले प्रयोग गर्छन् । धेरैले बोतल धेरै भित्र हालेर टाउको पछाडि ढल्काउँछन् र स्प्रे गरेपछि जोडले सास तान्छन् । यसले औषधि नाकमा बस्नुको सट्टा घाँटीतिर जान्छ ।
तर औषधि प्रभावकारी हुन नाकभित्रै रहनु आवश्यक हुन्छ । यसका लागि नाक हल्का माथि उठाएर स्प्रेको दिशा त्यहीतर्फको कानतिर बनाउन सकिन्छ ।
स्प्रे धेरै भित्र हाल्नु पर्दैन । यसको लागि करिब ६ मिलिमिटर पर्याप्त हुन्छ । त्यसपछि टाउको हल्का अगाडि झुकाएर स्प्रे गर्न सकिन्छ र तुरुन्त नाक सफा गर्न भने हुँदैन ।
अलि समय नाम सफा नगर्दा औषधि नाकको सही भागमा पुगेर राम्रोसँग काम गर्न पाउँछ ।
७. आई ड्रप सही तरिकाले हाल्ने
धेरै मानिस टाउको पछाडि ढल्काएर आँखामा ड्रप हाल्छन् । तर यसले औषधि बाहिर निस्कन सक्छ वा सही रूपमा फैलिन सक्दैन ।
यसको सट्टा टाउको हल्का एकातिर झुकाउनुहोस् र आँखाको भित्री कुनामा ड्रप हालेर बिस्तारै आँखा झिम्क्याउनुहोस् । यसले औषधि आँखाभर समान रूपमा फैलिन मद्दत गर्छ ।
८. एलर्जी बढाउने कारणबाट टाढा रहने
औषधिसँगै एलर्जी बढाउने कारणबाट बच्नु पनि आवश्यक छ । जस्तै:- झ्याल बन्द राख्ने, बाहिर जाँदा सनग्लास वा मास्क लगाउने । बाहिरबाट फर्किएपछि राम्रोसँग हातमुख धुने वा नुहाउन पनि जरुरी हुन्छ ।
किनकि, परागकणजस्ता एलर्जी गराउने तत्व कपाल र अनुहारमा टाँसिन सक्छन्, जसले पछि ओछ्यान र फर्निचरसम्म असर गर्न सक्छ ।
९. समस्या रहिरहे चिकित्सकसँग सम्पर्क गर्न ढिला नगर्ने
धेरै मानिस ‘हे फिभर’लाई सामान्य मौसमी समस्या सम्झेर बेवास्ता गर्छन् । तर यसले जीवनको गुणस्तर, सास फेर्ने क्षमता, निद्रा र बालबालिकाको पढाइमा समेत असर गर्न सक्छ ।
बेरी कोहेन का अनुसार, ‘धेरै मानिस यसलाई सामान्य समस्या मात्र ठान्छन् । तर यदि तपाईं वर्षमा तीन महिना यसबाट पीडित हुनुहुन्छ भने, यो गम्भीर विषय हो ।’
कतिपय अवस्थामा यो हे फिभर नभई दम वा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या पनि हुन सक्छ ।
बीबीसीबाट
प्रतिक्रिया 4