+

जोराको शतकमा अमेरिकाविरुद्ध नेपाल ए को प्रतिस्पर्धात्मक योगफल

२०८३ वैशाख  २८ गते १३:२२ २०८३ वैशाख २८ गते १३:२२
जोराको शतकमा अमेरिकाविरुद्ध नेपाल ए को प्रतिस्पर्धात्मक योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ए ले अमेरिकाविरुद्ध दोस्रो अभ्यास खेलमा ४९.५ ओभरमा २६४ रनमा अलआउट भयो।
  • सन्दीप जोराले ११५ बलमा ९ चौका र ४ छक्कासहित १११ रन बनाए।
  • अमेरिकाका लागि सौरभ नेत्रभल्करले ८ ओभरमा २१ रन दिएर ३ विकेट लिए।

२८ वैशाख, काठमाडौं । सन्दीप जोराको शतक मद्दतमा नेपाल ए ले अमेरिकाविरुद्धको दोस्रो अभ्यास खेलमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ए ४९.५ ओभरमा २६४ रनमा अलआउट भयो ।

जोराले ११५ बलमा ९ चौका र ४ छक्कासहित १११ रन बनाए । बसिर अहमदले ३८, मयन यादवले २४ तथा पवन सर्राफले २० रन बनाए ।

नेपाल ९७-४ को अवस्थामा हुँदादेखि जोरा र बसिर मिलेर ९९ रनको साझेदारी गरेका थिए ।

अमेरिकाका लागि सौरभ नेत्रभल्करले ८ ओभरमा २१ रन मात्र दिएर ३ विकेट लिए । जसदीप सिंह, शुभम रन्जाने, मोहम्मद मोहसिन, मिलिन्द कुमार र रुसिल उगारकरले १-१ विकेट लिए ।

नेपालले यसअघि स्कटल्यान्डसँगको दुवै अभ्यास खेल जितिसकेको छ भने अमेरिकालाई पनि पहिलो अभ्यास खेलमा हराएको थियो ।

तस्वीरहरू : विकास श्रेष्ठ

नेपाल ए टिम सन्दीप जोरा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय