+
+
Shares

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, १८ जना घाइते

सोमबार दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना ८ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दिया राष्ट्रिय निकुञ्जमा खप्तड बडीमालिका यातायातको बस दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन्।
  • गम्भीर घाइते दुई जनालाई नेपालगञ्ज रेफर गरिएको छ भने १६ जनाको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।
  • दुर्घटनाले सडक सवारी आवागमन बन्द भएको र बस हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

२८ वैशाख, धनगढी । बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

सोमबार दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना ८ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर चालकसहित १८ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक मिरा खड्काले चालकसहित १८ जना घाइते भएको पुष्टि गरिन् । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते भएका दुवै जनालाई लालरत्न अस्पताल लम्कीले थप उपचारका लागि नेपालगञ्ज रेफर गरेको छ ।

१६ जनाको लालरत्नमै उपचार भइरहेको छ । बसमा के कति यात्रु सवार थिए भन्ने कुरा यकिन भएको छैन ।

दुर्घटनाग्रस्त बस बीच सडकमै पल्टिएका कारण सडक सवारीसाधनको आवागमन बन्द भएको छ । बसलाई हटाउने प्रयास भइरहेको छ भने दुर्घटनाको कारण खुल्न नखुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?