+
+
Shares

प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले अध्यादेश ल्याउनसक्ने संवैधानिक अधिकारको दुरूपयोग गरेको आरोप लगाएको छ।
  • राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले संविधानको धारा ११४ को मर्म नख्याल गरी धमाधम अध्यादेश ल्याइएको बताएकी छन्।
  • उनले भनिन्, 'प्रतिनिधिसभा सरकारको कठपुतली होइन' र प्रतिनिधिसभालाई छायामा पारिएको भान हुने उल्लेख गरिन्।

२८ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले अध्यादेश ल्याउनसक्ने संवैधानिक अधिकारको दुरूपउयोग गरेको आरोप लगाएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले यस्तो बताएकी हुन् ।

संविधानको धारा ११४ ले कस्तो अवस्थामा अध्यादेश ल्याउन सकिने भनेर प्रष्ट भनेको तर, सरकारले त्यसको मर्म ख्याल नगरी धमाधम अध्यादेश ल्याएको उनको आरोप छ ।

उनले थप भनेकी छन्, ‘प्रतिनिधिसभालाई सरकारले वेवास्ता गरेको हो कि भन्ने देखिन्छ । अझ भनौं प्रतिनिधिसभालाई छायामा पारेको हो कि भन्ने भान हुन्छ । प्रतिनिधिसभा सरकारको कठपुतली होइन ।’

प्रतिनिधिसभा सरकारको कठपुतली नभएको भनेर विगतमा रास्वपाले नै संसद्मा उठाउने गरेको र संसद्मा यस्तै भन्नेहरू अहिले मन्त्रिपरिषद् सदस्य रहेको पनि उनले स्मरण गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?