News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले मानव र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्व न्यूनीकरणका लागि सुरक्षात्मक तथा व्यवस्थापकीय उपायहरू कार्यान्वयन गर्ने घोषणा गरेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा वन्यजन्तुको आक्रमणबाट हुने क्षति कम गर्न रणनीतिक योजना अघि सारेको बताए।
- सरकारले पूर्वसूचना प्रणाली, नशबन्दी, स्थानान्तरण, वैकल्पिक बाली प्रवर्द्धन र क्षतिपूर्ति व्यवस्था प्रभावकारी बनाउने योजना बनाएको छ।
२८ वैशाख, काठमाडौं । सरकारले मानव र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्व न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक तथा व्यवस्थापकीय उपायहरू कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय र भौतिक क्षति कम गर्न सरकारले रणनीतिक योजना अघि सारेको बताए ।
मानव-वन्यजन्तु द्वन्द्व रोक्न पूर्वसूचना प्रणाली रोकथामका लागि भौतिक संरचना निर्माण र वन्यजन्तु संख्या व्यवस्थापनका लागि नशबन्दी तथा स्थानान्तरण जस्ता उपाय अपनाइने छ ।
साथै, वन्यजन्तु प्रभावित क्षेत्रका किसानका लागि वैकल्पिक बाली प्रवर्द्धन गर्ने र क्षतिपूर्ति व्यवस्था थप प्रभावकारी बनाइने उनले बताए ।
यसैगरी सरकारले दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको बासस्थान संरक्षणलाई पनि विशेष प्राथमिकतामा राखेको छ । मुलुकका राष्ट्रिय निकुञ्जहरूको प्रभावकारी व्यवस्थापन गर्दै वन्यजन्तुको प्राकृतिक बासस्थान सुरक्षित बनाइने राष्ट्रपति पौडेलले उल्लेख गरे ।
प्रतिक्रिया 4