फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले विपद् उद्धारलाई प्रतिक्रियामुखी नभई पूर्वतयारीमुखी बनाउने नीति लिएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा उक्त कुरा बताए ।
- नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन सुरक्षा निकायले एकीकृत मापदण्ड कमान्ड बनाएर काम गर्नेछन्।
- विपद् उद्धारमा ड्रोन, हेलिकप्टर प्रयोग र निजी क्षेत्रसँग साझेदारी गरिनेछ।
२८ वैशाख, काठमाडौं । विपद् उद्धारलाई प्रतिक्रियामुखी नभई पूर्वतयारीमुखी बनाउने नीति लिने सरकारले घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।
खोज उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन वटै सुरक्षा निकायम सम्मिलित एकीकृत मापदण्ड कमान्ड बनाएर काम गरिने बताइएको छ ।
विपद् उद्धारमा ड्रोनको प्रयोग, हेलिकप्टरको प्रयोगका साथै निजी क्षेत्रसँग पनि साझेदारी गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4