+
+
Shares

राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्ने सरकारको घोषणा

सरकारले जी–क्लाउड (सरकारी क्लाउड) र डाटा नीतिको कार्यान्वयनको केन्द्रीय समन्वय गर्ने घोषणा गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:२४

२८ वैशाख, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा डिजिटल सुशासन ब्लुप्रिन्ट अनुरूप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।

सरकारले जी–क्लाउड (सरकारी क्लाउड) र डाटा नीतिको कार्यान्वयनको केन्द्रीय समन्वय गर्ने घोषणा गरेको छ।

साथै राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद, डाटा नीति, अन्तरसञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गरिने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा डाटा, कृत्रिम बुद्धिमता, डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोगसहित नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?