News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले रोग निगरानी र स्वास्थ्य सेवा गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने निर्णय गरेको छ।
२८ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने भएको छ । रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल तथा स्वास्थ्य सेवा गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी नीति तथा कार्यक्रममाजैविक अध्ययन, सार्वजनिक स्वास्थ्य अनुसन्धान र महामारी नियन्त्रण क्षमता सुदृढ गर्न संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गर्ने बताए । ‘क्यान्सरलगायत नसर्ने रोग नियन्त्रण उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यन्वयन गरिनेछ,’ पौडेलले भने ।
त्यसैगरी मानसिक स्वाथ्य सार्वजनिक स्वास्थ्य सेवाको अभिन्न अंगका रुपमा स्थापित गर्दै मानसिक स्वास्थ्य नीति कार्यन्वयन नीति कार्यक्रममा उल्लेख छ । योग, ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्रवद्र्धन गर्ने सरकारको नीति छ ।
अत्याधुनिक अपांगता पुनस्थापना केन्द्रहरुको स्थापना गरी प्रोस्थेटिक, फिजियोथेरापीलगायतका विशिष्टीकृत सेवाहरु उपलब्ध गराउने पौडेलले बताए । पौडेलले भने, ‘ अपांगताको प्रारम्भिक पहिचान, शीघ्र हस्तक्षेप र पुनस्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसँग आवद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिनेछ ।’
वौद्धिक अपांगता भएका बालबालिकाका लागि सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गर्ने सरकारले जनाएको छ ।
स्वास्थ्य जनशक्ति विकास गर्न एकीकृत मानव सशाधन प्रणाली विकास गर्ने सरकारको कार्यक्रम छ ।
आयुर्वेद, प्राकृतिक र वैकल्पिक उपचार पद्धति वैज्ञानिक आधारमा संस्थागत गरिने पौडेलले बताए । ‘नेपाल औषधिको लिमिटेडको स्तरोन्नती गरिनुका साथै स्वदेशी औषधि उत्पादनलाई प्रवद्र्धन गरिनेछ,’ पौडेलले भने ।
प्रतिक्रिया 4