+
+
Shares

काठमाडौंमा बस र्‍यापिड ट्रान्जिट कार्यान्वयनमा ल्याइने

सरकारले काठमाडौंमा बस र्‍यापिड ट्रान्जिट (बीआरटी) को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गरिने बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले काठमाडौंमा बस र्‍यापिड ट्रान्जिट (बीआरटी) को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गरिने बताएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्रयाकिङ, एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाईका साथ लागु गरिने उल्लेख छ।
  • पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पूर्वाधार निर्माण गरिने र सार्वजनिक यातायातमा महिलाको सुरक्षित पहुँच सुनिश्चित गरिने बताइएको छ।

२८ वैशाख, काठमाडौं । सरकारले काठमाडौंमा बस र्‍यापिड ट्रान्जिट (बीआरटी) को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गरिने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम उक्त विषय उल्लेख गरिएको छ ।

त्यसैगरी सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्रयाकिङ, एआईमा आधारित ट्राफिक क्यामेरा, डीजीटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाईका साथ लागु गरिने बताइएको छ ।

पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पूर्वाधार निर्माण गरिने पनि उल्लेख छ । सार्वजनिक यातायातमा महिलाको सुरक्षित पहुँच सुनिश्चित गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?