News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले संसदको विशेष बैठकमा स्वास्थ्य समस्या देखिएपछि नीति तथा कार्यक्रम पढ्दापढ्दै बीचबाटै उठेर हिँडेको असिम शाहले स्पष्टीकरण दिएका छन्।
- असिम शाहले प्रधानमन्त्रीको स्वास्थ्य समस्या कारणले केही समय विश्राम लिनु परेको र पछि पुनः कार्यक्रममा सहभागी भएको बताएका थिए, तर आलोचनापछि उक्त पोस्ट डिलिट गरिएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढ्दा प्रधानमन्त्रीले बैठक छोडेर हिँड्नु संसदीय मर्यादा उल्लंघन भएको भन्दै आलोचना भइरहेको छ।
२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसदको विशेष बैठक छलेर बीचबाटै उठेको घटनाबारे राजनीतिक सल्लाहकार असिम शाहले स्वास्थ्यको कारण देखाउँदै स्पष्टीकरण दिए ।
सोमबार साँझ शाहले फेसबुकमा प्रधानमन्त्रीको वचाउ गर्दै संसदमा बस्दैगर्दा स्वास्थ्यमा समस्या आएपछि नीति तथा कार्यक्रम पढ्दापढ्दै बैठक छाड्नुपरेको दाबी गरेका थिए ।
‘प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,’ शाहले लेखेका थिए, ‘त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।’
तर केही मिनेटभित्र आएका सयौं आलोचनापछि शाहले उक्त पोस्ट डिलिट गरेका छन् ।
आजै बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री शाह बीचमै उठेर हिंडेका थिए ।
प्रधानमन्त्री शाह राष्ट्रपतिले नीति कार्यक्रम पढ्दापढ्दै बीचबाट निस्किएर हिँडेको भन्दै उनको आलोचना पनि भइरहेको छ ।
चौतर्फी आलोचना भएपछि बालेन शाहका सचिवालय सदस्य शाहले स्पष्टिकरण दिँदै स्वास्थ्यमा समस्या आएको बताएपनि सामाजिक सञ्जालमा पोस्ट गरेको केही मिनेटमै डिलिट गरेका हुन् ।
आज संसदको राज्यव्यवस्था समितिको बैठकमा प्रधानमन्त्री शाह नआएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बहिष्कार गरेको घटनालाई पनि रास्वपाले रफ्फु भर्न खोजेको छ । सांसद हरि ढकालले आज बैठक नै आह्वान नगरिएको दाबी गरे । तर कांग्रेस संसदीय दल नेता भीष्मराज आङदेम्बेले भने बैठक बहिष्कारको पृष्ठभूमि सुनाउँदै प्रधानमन्त्री गैरजिम्मेवार बन्दै गएको आलोचना गरेका छन् ।
आफ्नै नेतृत्वको सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रप्रमुखले पेश गर्दा प्रधानमन्त्री नै बैठक छोडेर हिँड्नु संसदीय अभ्यासलाई वर्षौदेखि नियालेकाहरूका आँखामा बिझाउने दृश्य पक्कै थियो ।
‘मैले झण्डै ४० वर्ष संसद्को सेवामा काम गरे । तर यस्तो खालको दृश्य चाहिँ देखेको थिइनँ’ संसद् सचिवालयका पूर्वमहासचि मनोहरप्रसाद भट्टराइले अनलाइनखबरसँग भने,’संसद् भनेको मर्यादा र शिष्टाचार पालन गर्ने ठाउँ पनि हो । त्यो ख्याल गरिएन भने संसद्को गरिमा रहन्न ।’
राष्ट्रपति संसद्को बैठकमा उपस्थित भएर सरकारको नीति तथा कार्यक्रम पेश गर्ने संविधानको व्यवस्था हो । प्रत्येक वर्षको नीति तथा कार्यक्रम संसद्मा आएर राष्ट्रपतिले वाचन गर्छन् ।
राष्ट्रपतिले वाचन गर्ने नीति तथा कार्यक्रम तयार गर्नेदेखि उनको सम्बोधनको समय तय समेत सरकारको निर्णयमा भर पर्छ । राष्ट्रपति संसद्मा आउने विशेष घडी नै प्रधानमन्त्रीले तय गर्ने गर्छन् ।
यही परम्परा अनुसार संयुक्त सदनमा सम्बोधन गर्न आएका राष्ट्रपतिलाई प्रधानमन्त्रीले मर्यादित व्यवहार गरेनन् ।
सल्लाहकार टोलीले बालेनको बचाउ गर्न खोजे पनि अहिले आफैं पछि हटेको छ ।
प्रतिक्रिया 4