News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डियन प्रिमियर लिग २०२६ मा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ।
- दिल्लीले २११ रनको लक्ष्य १ ओभर बाँकी छँदै ७ विकेटको क्षतिमा पूरा गरेको छ।
- दिल्लीको १२ खेलमा १० अंक भएको छ भने पन्जाब ११ खेलमा १३ अंकसहित चौथो स्थानमा छ।
२८ वैशाख, काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार चौथो हार बेहोरेको छ । सोमबार भएको खेलमा पन्जाबलाई दिल्ली क्यापिटल्सले ३ विकेटले पराजित गरेको हो ।
पन्जाबले दिएको २११ रनको लक्ष्य दिल्लीले १ ओभर बाँकी छँदै ७ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान अक्षर पटेलले सर्वाधिक ५६ रन बनाए । डेभिड मिलरले ५१ रन बनाउँदा आशुतोष शर्माले २४ रन बनाए ।
पावरप्लेभित्रै ३ विकेट गुमाएको दिल्लीका लागि अक्षरले इनिङ उकासेका थिए । अन्तिम ३ ओभरमा ३८ रन चाहिएको अवस्थामा दिल्लीले १८औं ओभरमा २१ रन अनि १९औं ओभरमा नै बाँकी रन जोड्यो ।
पन्जाबका लागि अर्शदीप सिंह र यश ठाकुरले २-२ विकेट लिए भने मार्कस स्टोइनिस र बेन डारशुइसले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो । कप्तान श्रेयस अय्यरले सर्वाधिक ५९ रन बनाएर नटआउट रहे भने ओपनर प्रियांश आर्याले ५६ रन बनाए ।
कूपर कोनोलीले ३८ रन बनाउँदा सुर्यांश शेड्गे २१ रनमा अविजित रहे । प्रभसिमरन सिंहले १८ रन बनाए ।
दिल्लीका लागि मिचेल स्टार्क र माधव तिवारीले २-२ विकेट लिँदा मुकेश कुमारले १ विकेट लिए ।
जितसँगै दिल्लीको १२ खेलमा १० अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ । लगातार चौथो हार बेहोरेको पन्जाब ११ खेलमा १३ अंकका साथ चौथो स्थानमा यथावत् छ ।
प्रतिक्रिया 4