News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीमा विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेका ८ फरार प्रतिवादी पक्राउ परेका छन्।
- पक्राउ पर्नेहरूमा इनरुवा, हरिनगर, इटहरी र दुहवीका बासिन्दा रहेका छन्।
- प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि उनीहरूलाई पक्राउ गरेको छ।
२९ वैशाख, सुनसरी । विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेर कैद र दण्ड जरिवानाको फैसला गरे पनि फरार भएका ८ जना पक्राउ परेका छन् ।
प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका प्रतिवादीहरू सबै सुनसरीका छन् ।
पक्राउ परेका फरार प्रतिवादीहरूमा इनरुवा नगरपालिका–४ बस्ने चन्दनकुमार यादव, हरिनगर नगरपालिका–६ बस्ने अख्तर मन्सुरी, इटहरी उपमहानगरपालिका–११ बस्ने दिप्सन राई, दुहवी नगरपालिका–८ बस्ने अकाल मिया, सोही नगरपालिकाको वडा ९ बस्ने सागिरा खातुन, सोही वडाकै अलताव मिया, इटहरी–१५ बस्ने विजय ठाकुर र इटहरी–४ बस्ने घनश्याम शिवाकोटी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4