+
+
Shares

हिटलरसँग तुलना र ग्यास च्याम्बर जस्ता शब्द असंसदीय भन्दै सुशान्त वैदिकले गरे नियमापत्ति

रास्वपा सांसद सुशान्त वैदिकले सरकारको आलोचना गर्दा प्रयोग भएका शब्दप्रति नियमापत्ति गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १४:२७

२९ वैशाख, काठमाडौं । हिटलरसँगको तुलना र ग्यास च्याम्बर जस्ता शब्द असंसदीय रहेको भन्दै रास्वपा सांसद सुशान्त वैदिकले नियमापत्ति गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समय सकिएपछि उनले नियमापत्ति गरेका हुन् ।

बुधबार मात्रै पनि संसद्मा संसद्मा प्रधानमन्त्री बालेनको  आलोचना भएको छ । खासगरी विपक्षी दलहरूले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बाहिरिएको विषयलाई लिएर प्रधानमन्त्री शाहको आलोचना गरेका हुन् । नेपाली कांग्रेसले त यो विषयमा प्रधानमन्त्रीसँगै जवाफ मागेको छ ।

रास्वपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री शाहको संसद्मा आलोचना भइरहेका बेला रास्वपाका सांसद सुशान्त वैदिकले सरकारको आलोचना गर्दा प्रयोग भएका शब्दप्रति नियमापत्ति गरेका हुन् ।

उनले भनेका छन्, ‘यस गरिमामय सदनमा सरकारको आलोचना गर्ने क्रममा विश्व इतिहासकै अत्यन्त घृणित, अमानवीय र संवेदनशील विषय हिटलर तथा ग्यास च्याम्बर जस्ता विषयसँग तुलना गरिएको अभिव्यक्तिप्रति म गम्भीर नियमापत्ति जनाउन चाहन्छु ।’

यस्तो तुलना गर्नु असंसदीय रहेको उनको भनाइ छ ।

‘यस्तो तुलना केवल असंसदीय मात्रै होइन, लाखौं निर्दोष मानवमाथि भएको ऐतिहासिक नरसंहारप्रति असंवेदनशील र अपमानजनक पनि छ,’ उनले भनेका छन्, ‘संसद जस्तो गरिमामय स्थलमा प्रयोग हुने भाषा मर्यादित, जिम्मेवार र तथ्यमा आधारित हुनुपर्दछ ।’

यस्तो अभिव्यक्ति संसदीय अभिलेखमा रहन नहुने उनको आग्रह छ । उनले भनेका छन्, ‘अत: उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइ सम्बन्धित माननीय सदस्यलाई आफ्नो भनाइ फिर्ता लिन निर्देशन गरियोस् भन्ने माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?