२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे जनताप्रति जवाफदेही र उत्तरदायी भएर जनतासँगको खुलस्त संवाद लोकतान्त्रिक सरकारको कर्तव्य भएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख डीपी अर्यालसँग समय माग गरेर बोलेको आङ्देम्बेले लोकतन्त्र बन्द कोठाको शासन नभएर खुला र सरल प्रक्रिया भएको पनि स्मरण गराए ।
‘जनताप्रति जवाफदेही हुनु र उत्तरदायी बन्नु अनि जनतासँग खुलस्त संवाद गर्नु एउटा लोकतान्त्रिक सरकारको र नेताको प्राथमिक कर्तव्य हो,’ उनले भने, ‘लोकतन्त्र बन्द कोठाको शासन होइन, यो खुला र सरल प्रक्रिया हो । विश्वास, सहमति र सहभागिता यसका आत्मा हुन् ।’
नेता आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहप्रति इंगित गर्दै ‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपरेको कटाक्ष पनि गरे ।
‘अहिले यहाँ उभिएर बोल्दा मेरो मनमा खिन्नता छाएको छ । नसुनिने संवेदनहीन शैली संसद्मा लोकतन्त्र र यसको खुला बहस अनुकूल देखिएन,’ उनले भने, ‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि त्यति सुखद् लागि राखेको पनि छैन ।’
नेता आङ्देम्बेले संसद् असामान्य परम्परासहित सुरू भएको कांग्रेसको ठम्याइ रहेको पनि बताए । आह्वान भइसकेको संसद् एकाएक स्थगन गरेर संसद्को मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई खोसेर सरकारले करिब डेढ सय कानून संशोधन र केही नयाँ कानूनहरु अध्यादेशमार्फत घोषणा गरेर संसदीय गरिमा र लोतान्त्रिक मूल्यहरूमा चोट पु¥याएको छ,’ उनले भने ।
प्रतिक्रिया 4