News Summary
Generated by OK AI. Editorially reviewed.- अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ दुर्गा फाँट कुडुलेमा झ १ ख ५०४ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा २५ जना घाइते भएका छन् र उनीहरूलाई जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको छ।
- जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली घटनास्थलमा पुगिसकेको छ र थप अनुसन्धान भइरहेको छ।
२९ वैशाख, बुटवल । अर्घाखाँचीमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
जिल्लाको पाणिनी गाउँपालिका-८ दुर्गा फाँट कुडुलेमा झ १ ख ५०४ नम्बरको बस दुर्घटना भएको पाणिनी गाउँपालिकाका पूर्वगाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिए । मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको गौतमले बताए ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली पुगिसकेको छ भने घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको जनाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4