+
+
Shares

क्यानडामा एएनओको नयाँ कार्यसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ राष्ट्रिय शाखा विस्तार गरेको छ।
  • टोरन्टोमा चित्र प्रधानको अध्यक्षतामा नयाँ राष्ट्रिय कार्यसमिति घोषणा गरिएको छ।
  • एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले संस्था विश्वभर नेपाली मूलका समुदायलाई जोड्ने साझा चौतारी भएको बताए।

२९ वैशाख, काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने उद्देश्यले स्थापित ‘एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ राष्ट्रिय शाखा विस्तार गरेको छ ।

टोरन्टो, अन्टारियोमा आयोजित विशेष समारोहबीच चित्र प्रधानको अध्यक्षतामा नयाँ राष्ट्रिय कार्यसमिति घोषणा गरिएको हो।

लामो समयदेखि क्यानाडाको प्राध्यापन क्षेत्रमा सक्रिय रहँदै हाल अवकासप्राप्त नेपालीभाषी व्यक्तित्व चित्र प्रधानको नेतृत्वमा समिति गठन गरिएको हव । यो समितिले क्यानाडामा रहेका नेपाली, भुटानी तथा भारतीय नेपाली भाषी समुदायबीच समन्वयकारी भूमिका खेल्ने विश्वास समितिले गरेको छ ।

नवगठित कार्यसमितिमा अध्यक्षमा चित्र प्रधान, उपाध्यक्षमा एमी कर्माचार्य (बर्मेली–थाइ नेपाली मूल), महासचिवमा मुगा राजभण्डारी, सचिवमा भीम सिग्देल (भुटानी नेपाली मूल), कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना तथा प्रवक्तामा जुनी चापागाईं छन् ।

त्यसैगरी बोर्ड सदस्यहरूमा भीम पाठक (नीर भीम), सन्तोष तिम्सिना, ललित कोइराला, रमेश तिम्सिना, रोशन भट्टराई र जयप्रसाद हुमागाईं छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले एएनओ कुनै प्रतिस्पर्धी संस्था नभई विश्वभर रहेका नेपाली मूलका समुदायलाई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा जोड्ने साझा चौतारी भएको  बताए । संस्थाका केन्द्रीय महासचिव चुडामणि भट्टराईले हालसम्म संस्था विश्वका ९ देशमा विस्तार भइसकेको जानकारी दिँदै अब युरोपमा शाखा विस्तार गर्ने लक्ष्य रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष प्रधानले क्यानाडामा रहेका सम्पूर्ण नेपाली भाषी समुदायलाई एकजुट बनाउँदै नेपाली कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?