News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहको भेला विराटनगरको बिग होटलमा जारी छ।
- भेलामा प्रदेशका ३०–३५ जना नेतासहित मन्त्री भीम पराजुली र सांसदहरू सहभागी छन्।
- पूर्वमुख्यमन्त्री केदार कार्की र डाक्टर शेखर कोइराला समूहका नेता पनि भेलामा सहभागी छन्।
२९ वैशाख, विराटनगर । नेपाली कांग्रेसको शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहको भेला विराटनगरमा जारी छ । बिग होटलमा जारी भेलामा प्रदेशका इतरसमूहका ३०–३५ जना नेताहरू सहभागी छन् ।
कृष्णप्रसाद सिटौला र मीनबहादुर विश्वकर्मा सहभागी भेलामा प्रदेशमन्त्री भीम पराजुली र सांसदहरू पनि सहभागी छन् ।
भेलामा डाक्टर शेखर कोइराला समूहका नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्की पनि सहभागी छन् । उनी कांग्रेसको विशेष महाधिवेशनमा पनि पुगेका थिए ।
प्रदेशको पर्यटनमन्त्री तथा इतर पक्षका नेता भीम पराजुलीका अनुसार पार्टीको आन्तरिक विषयमा छलफल गर्नका लागि भेला बोलाइएको हो ।
भेलामा कांग्रेस कोशी प्रदेश प्रदेशसभापति उद्धव थापा भने उपस्थित छैनन् । उनी सिटौला समूहका नेता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4