+
+
Shares

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा १६८७ सवारी चालकलाई नियम उल्लङ्घनको कारण कारबाही गरिएको छ।
  • कारबाहीबाट राज्यकोषमा २० लाख ३१ हजार ५०६ रुपैयाँ राजस्व दाखिला भएको छ।
  • मादक पदार्थ सेवन, राइड सेयरिङ, सङ्केत बत्ती उल्लङ्घन, तीव्र गति र अन्य नियम उल्लङ्घनमा विभिन्न संख्यामा सवारी चालकलाई कारबाही गरिएको हो।

३० वैशाख, काठमाडौं । बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

यसबाट राज्यकोषमा २० लाख ३१ हजार ५०६ रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६६, निषेधित क्षेत्रमा हर्न बजाउने ८६, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२१ र अन्य सवारी नियम पालना नगरेका ८०४ जनालाई कारबाही गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?