+
+
Shares

विपिनको नेतृत्वमा रास्वपाले बनायो विधान संशोधन समिति

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा विधान संशोधन समिति गठन गरेको छ।
  • रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ।
  • सभापति रवि लामिछानेको नेतृत्वमा चितवन महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरिएको छ।

३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा विधान संशोधन समिति गठन गरेको छ ।

आचार्य नेतृत्वको पाँच सदस्यीय समितिमा नेताहरु गणेश पराजुली, प्रकाशचन्द्र परियार, डा.चन्दा कार्की र सुशान्त वैदिक सदस्य छन् ।

रास्वपाले असार ७ देखि ९ गतेसम्म प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ ।

चितवनमा हुने प्रथम महाधिवेशनका लागि सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

केन्द्रीय समिति बैठकले मूल आयोजक समिति र उपसमितिहरु गठन गरिएको केन्द्रीय सदस्य मेघ आलेले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?