+
+
Shares

गगन थापालाई प्रकाशशरण महतले भने- माने मान नमाने नमान भनेर पार्टी एकता हुँदैन

नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टी एकताका लागि हुनुपर्ने काम वर्तमान नेतृत्वबाट नभइरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टी एकताका लागि सहमतिको साझा संयन्त्र आवश्यक रहेको बताएका छन्।
  • महतले विधान संशोधनका लागि भइरहेको कामकारबाही गलत भएको र पूर्णबैठक वा महाधिवेशनले टुंगो लगाउनुपर्ने बताए।
  • उनले सभापति गगनकुमार थापाले केन्द्रीय समितिमा सदस्य मनोनित गर्दा सहमति बिना गरिएको आपत्ति जनाए ।

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टी एकताका लागि हुनुपर्ने काम वर्तमान नेतृत्वबाट नभइरहेको बताएका छन् ।

आज भएको कांग्रेस इतर समूहको भेलालाई सम्बोधन गर्दै महतले १५औं महाधिवेशन निष्पक्ष, पारदर्शी बनाउन सम्मानजनक, स्वामित्व र सहभागिता हुनुपर्ने बताएका हुन् ।

‘नेताहरूको सल्लाह लिएर निचोड निकाल्नुपर्ने छ । लोकतान्त्रिक भविष्य के हुने भन्ने चिन्ता छ । कांग्रेस पुनर्जागरण हुनुपर्नेछ । पार्टी एकता कायम राख्न के कुरा गर्न आवश्यक छ भनेर यो छलफल भइरहेको छ,’ उनले भने, ‘माने मान नमाने नमान भनेर पार्टी एकता हुन सक्दैन । एकता लागि यसका लागि सहमतिको साझा संयन्त्र निर्माण हुनुपर्‍यो ।’

उनले उक्त संयन्त्रले वडादेखि माथिल्लो तहसम्म पार्टी एकता बनाउन भूमिका खेल्ने बताए । ‘पार्टी एकता कायम राख्न साझा सहमतिको संयन्त्र आवश्यक छ,’ उनले भने,’क्रियाशील सदस्य नवीकरण भइरहेको छ । तत्कालीन महामन्त्री गगन थापा नै संयोजक रहेको समितिले नवीकरण गरेको छ । फेरि गरिरहनुपर्दैन भन्ने हाम्रो निष्कर्ष हो ।’

उनले अहिले विधान संशोधनका लागि भइरहेको कामकारबाही पनि गलत भएको बताए । ‘पार्टीको विधानलाई पूर्णबैठक या महाधिवेशनले टुंगो लगाउनुपर्‍यो । अहिले हचुवाको भरमा पार्टीको विधानलाई चलाउने काम भइरहेको छ,’ उनले भने,’विशेष महाधिवेशनबाट आएको नेतृत्व सम्पूर्ण अधिवेशनबाट आएको हैन नि । विशेषमा सबैको उपस्थिति छैन नि ।’

महतले हालै सभापति गनगकुमार थापाले केन्द्रीय समितिमा सदस्य मनोनित गरेको विषयमा पनि आपत्ति जनाए । ‘विचार समूहका नाममा आफूखुसीमा केन्द्रीय समितिमा राखियो सहमति भयो भनेर प्रचार गरियो । यसरी पार्टी एकता कायम हुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?