News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका प्रमुख सचेतक युवराज दुलालले गरिमामय संसदमा प्रधानमन्त्रीको आवाज सुन्न पाउनुपर्ने बताएका छन्।
- आजको संसद बैठकमा विपक्षी सांसदहरुले नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गरेका थिए।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गर्दा संसद बैठकमा असहज स्थिति सिर्जना भएको छ।
३० वैशाख, काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले गरिमामय संसदमा प्रधानमन्त्रीको आवाज सुन्न पाउनुपर्ने बताएका छन् । आजको संसद बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गर्दै विपक्षी सांसदहरुले आवाज उठाएका छन् ।
तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि संसद बैठकमा असहज स्थिति सिर्जना भएको छ ।
सांसद दुलाल बोल्नुअघि रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको दफा ३८ मा प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने स्पष्ट व्यवस्था रहेको बताएका थिए ।
त्यसपछि बोल्ने पालो पाएका दुलालले पाँच वर्ष हामी नियमावलीको दफा ३८ देखाएर सम्माननीय प्रधानमन्त्रीको एउटा पनि आवाज यो संसदमा सुन्न नपाउने हो ? भनी प्रश्न गरेका थिए ।
नेकपा एमालेका सांसद ऐन महरले बोले लगत्तै सभामुख अर्यालले नेकपा सांसद दुलाललाई रोकेर बुर्लाकोटीलाई समय दिएका थिए ।
प्रतिक्रिया 4