+
+
Shares

श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु

गुल्मीमा श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको इश्मा गाउँपालिकामा श्रीमान् थमनबहादुर कुमालले कुटपिट गर्दा उनकी श्रीमती सुमित्रा कुमालको मृत्यु भएको छ।
  • मंगलबार दुवैले मादक पदार्थ सेवन गरी विवाद हुँदा थमनले सुमित्रामाथि कुटपिट गरेका थिए।
  • प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा पाँच सदस्यीय टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

३० वैशाख, गुल्मी । गुल्मीमा श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

इश्मा गाउँपालिकामा–६ साहुघर निवासी ४५ वर्षीय थमनबहादुर कुमालको कुटपिटबाट ४३ वर्षीया श्रीमती एमी भनिने सुमित्रा कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुका दुवै जनाले सँगै मादक पदार्थ सेवन गरेपछि विवाद भएको थियो । विवादको क्रममा थमनले एमीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी एमीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर सारुले बताए ।

घटनाको थप अनुसन्धानका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमान्डमा ५ जनाको टोली खटिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?