News Summary
Generated by OK AI. Editorially reviewed.- सगरमाथा चुचुरोसम्मको बाटो बनाउने काम सम्पन्न भएसँगै वसन्त ऋतुमा सगरमाथा आरोहण खुला भएको छ।
- सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण सञ्चालक संघ नेपालले आइसफल र डोरी टाँग्ने कामको जिम्मेवारी पाएका थिए।
- आधार शिविरदेखि क्याम्प २ सम्म आइसफल डाक्टरहरू र क्याम्प २ देखि चुचुरोसम्म पथ प्रदर्शक टोलीले काम सम्पन्न गरेका छन्।
३० वैशाख, काठमाडौं । सगरमाथा चुचुरोसम्म बाटो बनाउने काम सम्पन्न भएको छ । यससँगै जारी वसन्त ऋतुमा हुने सगरमाथा आरोहण खुला भएको छ ।
पर्यटन विभागका अनुसार सगरमाथा, ल्होत्से र नुप्से हिमशिखरको आरोहण मार्गमा पर्ने खुम्बु आइसफलको मार्ग सम्बन्धी व्यवस्थापकीय कामको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति र सो भन्दा माथि सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने कामको जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ नेपाललाई दिइएको थियो ।
सोही अनुसार परिचालित जनशक्तिले आज बिहान १०ः२५ मा सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने काम सफल गरेको छ । यससँगै आरोहण समेत अब खुला भएको छ ।
को को खटिएका थिए बाटो बनाउने काममा ?
आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो बनाउने काममा आइसफल डाक्टरहरू खटिएका थिए । जसमा आङ सार्की शेर्पा, दावा जङ्वु शेर्पा, टेन्दु शेर्पा, निग्मा तेन्जी शेर्पा, फुर्वा छेतेन शेर्पा, दावा छिरी शेर्पा, सोनाम गेल्जेन शेर्पा, मिग्मा गेल्जेन शेर्पा छन् ।
क्याम्प २ देखि चुचुरोसम्म पथ प्रदर्शकको टोलीले डोरी टाँगेको थियो । डोरी टाँग्न खटिनेमा मिग्मा दोर्ची शेर्पा, पासाङ टाशी शेर्पा, लोप्साङ भूटिया, मिङ नोर्वु शेर्पा, छोम्बा तेन्जी शेर्पा, गुरु भोटे, पाम दोर्जी शेर्पा, मिङ्मा टेम्बा शेर्पा, देन्डी शेर्पा र पासाङ नोर्बु शेर्पा रहेका छन् ।
बाटो खुलेसँगै आरोहीहरू समेत अब माथिल्लो शिविर जाने क्रम सुरु हुन्छ ।
प्रतिक्रिया 4