+
+
Shares

बीपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द

सम्भावित बाढी तथा सडक निर्माणका कारण बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्ड बन्द गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते ८:०८

३१ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जाने सडक बन्द गरिएको छ । बीपी राजमार्ग अन्तर्गत पर्ने यो खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको हो ।

यो खण्डमा आज साँझ ७ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सन्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ । बाढीका कारण वैशाख २१ गते साँझ ५ बजेदेखि नै यो सडक खण्डका विभिन्न स्थानमा अवरोध हुँदै आएको थियो ।

यसैगरी, हुम्लाको हिल्सा–सिमकोट सडक खण्ड पनि अवरुद्ध छ । जिल्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा आवागमन बन्द गरिएको हो ।

च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही जेठ २ गतेसम्मका लागि यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?