+

सिड्नी थन्डरको प्रशिक्षकमा एन्ड्रयु फ्लिनटफ

२०८३ वैशाख  ३१ गते ११:३१ २०८३ वैशाख ३१ गते ११:३१
सिड्नी थन्डरको प्रशिक्षकमा एन्ड्रयु फ्लिनटफ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिड्नी थन्डरले एन्ड्र्यु फ्लिनटफलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ ।
  • फ्लिनटफले २०२४ र २०२५ मा नर्थन सुपरचार्जर्सको प्रशिक्षक भएर क्रमशः चौथो र तेस्रो स्थान हासिल गरेका थिए ।
  • फ्लिनटफको पहिलो ठूलो निर्णय टोली कप्तान डेविड वार्नरको भविष्यलाई लिएर हुनसक्ने थन्डरले जनाएको छ ।

३१ वैशाख, काठमाडौं । अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) टोली सिड्नी थन्डरले आफ्नो नयाँ मुख्य प्रशिक्षकका रूपमा पूर्व एन्ड्र्यु फ्लिनटफलाई नियुक्त गर्ने तयारी गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फ्लिनटफको नियुक्ति केही समयमै औपचारिक रूपमा घोषणा हुने अपेक्षा गरिएको छ।

थन्डरले पाँच वर्ष मुख्य प्रशिक्षक रहेका ट्रेभर बेलिससँग बाटो अलग गरेपछि नयाँ प्रशिक्षकको खोजी थालेको थियो । बेलिसको नेतृत्वमा थन्डरले २०२४–२५ मा बीबीएलको फाइनल खेलेपनि २०२३–२४ र २०२५–२६ सिजनमा भने अन्तिम स्थानमा रहेको थियो ।

४७ वर्षीय फ्लिनटफ पछिल्लो एक वर्षदेखि इंग्ल्यान्ड लायन्सको प्रशिक्षकका रूपमा काम गरिरहेका छन् । उनले अस्ट्रेलिया भ्रमणमा इङ्ल्यान्ड लायन्स टोलीको नेतृत्व पनि गरेका थिए । यसअघि उनले इंग्ल्यान्डको ह्वाइट–बल टोलीसँग परामर्शदाताको भूमिकामा पनि काम गरेका थिए ।

फ्रेन्चाइज क्रिकेटमा भने फ्लिनटफको अनुभव सीमित छ । उनले २०२४ र २०२५ मा नर्थन सुपरचार्जर्सको प्रशिक्षक भएर काम गरेका थिए, जहाँ टोलीले क्रमशः चौथो र तेस्रो स्थान हासिल गरेको थियो ।

फ्लिनटफको बीबिएलसँग पुरानो सम्बन्ध पनि छ । उनले खेलाडीका रूपमा ब्रिसबेन हिटबाट २०१४–१५ सिजन खेलेका थिए, जुन उनको व्यावसायिक क्रिकेट करियरको अन्तिम टोली बनेको थियो ।

फ्लिनटफ प्रशिक्षक बनेपछि उनको पहिलो ठूलो निर्णय टोली कप्तान डेभिड वार्नरको भविष्यलाई लिएर हुन सक्छ । वार्नर हाल मदिरा सेवन गरेर सवारी चलाएको आरोपमा कानुनी प्रक्रियामा तानिएका छन् ।

-क्रिकइन्फो

एन्ड्र्यु फ्लिनटफ सिड्नी थन्डर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय