+
+
Shares

कांग्रेस संस्थापन इतरले सुर्खेतमा विचार गोष्ठी गर्ने

२ र ३ जेठमा आयोजना गरिने कार्यक्रमको उद्देश्य पार्टीको बृहत्तर एकता रहेको दावी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते ९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापनइतर समूहले सुर्खेतमा दुई दिने कर्णाली प्रदेशस्तरीय विचार गोष्ठी गर्ने निर्णय गरेको छ।
  • गोष्ठी जेठ २ र ३ मा आयोजना हुने र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का प्रमुख आतिथिको रूपमा सहभागी हुनेछन्।
  • विचार गोष्ठीमा कर्णालीका वर्तमान तथा पूर्वपदाधिकारी, संघीय सांसद्, प्रदेश सभा सदस्य, स्थानीय तहका निर्वाचित प्रमुखहरू लगायतलाई बोलाइएको छ।

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय विचार गोष्ठी गर्ने भएको छ ।

इतर समूहले सुर्खेतमा ‘नेपाली कांग्रेस पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक दुई दिने विचार गोष्ठी गर्न लागेको हो ।

संस्थापनइतर समूहमा सक्रिय कर्णाली प्रदेश महामन्त्री नीरञ्जन केसीले जेठ २ र ३ जेठमा आयोजना हुने गोष्ठीमा पूर्णबहादुर खड्का प्रमुख आतिथि रहने जानकारी दिए ।

विचार गोष्ठीका लागि कर्णालीबाट प्रतिनिधित्व गर्ने पार्टीका वर्तमान तथा पूर्वपदाधिकारी र सदस्यहरू, प्रदेश कार्यसमिति र १० वटै जिल्लाका जिल्ला कार्यसमितिका पदाधिकारीहरू बोलाइएको उनले बताए ।

गोष्ठीमा संघीय सांसद् तथा प्रदेश सभा सदस्यहरू, जिल्ला समन्वय प्रमुख– उपप्रमुख, स्थानीय तहका निर्वाचित प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, क्षेत्रीय सभापति, प्रदेश सभा क्षेत्रीय सभापति, पालिका सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई पनि बोलाइएको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?