News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल गुणस्तर तथा नापतौल विभागले १ साउन २०८२ भन्दा अगाडि गुणस्तर चिन्हका लागि आवेदन दिएका उद्योगलाई १५ दिनभित्र सम्पर्क गर्न अनुरोध गरेको छ।
- सम्पर्कमा नआउने उद्योगहरूको पुरानो आवेदनको मान्यता नहुने र नयाँ आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ।
- विभागले आवेदन प्रक्रिया अगाडि नबढाएका उद्योगलाई आधिकारिक पत्रसहित विवरण बुझाउन भनेको छ।
३१ वैशाख, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर (एनएस) प्रमाण चिह्न प्रयोगका लागि आवेदन दिएर पनि लामो समयदेखि प्रक्रिया अगाडि नबढाएका उद्योगहरूलाई तत्काल सम्पर्क गर्न ताकेता गरेको छ ।
विभागले सूचना जारी गर्दै १५ दिनभित्र आधिकारिक प्रतिनिधिमार्फत सम्पर्क गर्न अनुरोध गरेको हो । विभागका अनुसार १ साउन २०८२ भन्दा अगाडि नै गुणस्तर चिह्नका लागि आवेदन दिएका तर हालसम्म इजाजतपत्र वा प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया अगाडि नबढाएका उद्योगहरूका लागि यो सूचना जारी गरिएको हो ।
प्रक्रियामा नभएका सम्बन्धित उद्योगहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो विवरण र आधिकारिक पत्रसहित विभागमा सम्पर्क गर्नुपर्ने छ ।
तोकिएको १५ दिनको अवधिभित्र सम्पर्कमा नआउने उद्योगहरूको हकमा पुरानो आवेदनको कुनै मान्यता रहने छैन ।
त्यस्ता उद्योगहरूले पुनः गुणस्तर चिह्न लिन चाहेमा ‘नयाँ आवेदक’ सरह सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने व्यहोरा विभागले स्पष्ट पारेको छ ।
प्रतिक्रिया 4