+

फोहोर तकियामा सुत्दा देखिन सक्छन् यी ५ स्वास्थ्य समस्या

२०८३ वैशाख  ३१ गते १२:५५ २०८३ वैशाख ३१ गते १२:५५
फोहोर तकियामा सुत्दा देखिन सक्छन् यी ५ स्वास्थ्य समस्या

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तकिया सफा नगर्दा छालाको एलर्जी, श्वासप्रश्वास समस्या, कपाल झर्ने, आँखाको संक्रमण र निद्राको गुणस्तरमा बाधा आउन सक्छ।

हाम्रा दिनभरिका सबै पीडा, थकान, तनावलाई भुलेर आराम गर्ने ठाउँ हो बिछ्याउना । त्यो बिछ्याउनाको महत्वपूर्ण भाग हो सिरानी अर्थात तकिया । आरामदायी निद्राका लागि तकियाको उचाइ ठिक हुनु, नरम र सजिलो हुनुपर्छ नै । त्यति मात्रै नभएर हामी सुत्ने तकियो सफा हुनु पनि उत्तिकै जरुरी छ ।

हामीमध्ये धेरैजसोले आफ्नो ओछ्यानको तन्ना नियमित रूपमा परिवर्तन गर्छौं, तर हामी प्रायः तकिया सफा गर्न बिर्सन्छौं । फोहोर तकियाले नराम्रो गन्ध मात्र दिँदैन तर विभिन्न रोग र छालाको समस्या पनि निम्त्याउन सक्छ । तकियामा हाम्रो टाउकोमा पसिना, धुलो, मृत छाला र ब्याक्टेरिया जम्मा हुन्छन् । यिनले हाम्रो स्वास्थ्यलाई हानि पुर्‍याउँछन् ।

तकिया सफा नगर्दा कस्ता स्वास्थ्य समस्या देखिन्छन् त ?

१.छालाको एलर्जी

फोहोर तकियाहरूमा ब्याक्टेरिया हुन्छन् जसले छालाको समस्या निम्त्याउन सक्छ । हरेक दिन एउटै तकियामा सुत्दा चिलाउने र एलर्जी हुने जोखिम बढाउन सक्छ । डण्डीफोर आउने समस्या पनि हुन सक्छ ।

२.श्वासप्रश्वास समस्या

तकियामा धुलो र धुलोको कण जम्मा हुन्छ । धुलोको एलर्जी हुने समस्या रहेका व्यक्तिलाई यसले असर पार्छ । यसले एलर्जी हुने, हाच्छिउँ आउने, नाक बन्द हुने समस्या निम्त्याउन सक्छ । साथै खोकी लाग्ने, दमको समस्या देखा पर्ने, दमको बिरामी भएमा श्वास-प्रश्वासमा थप समस्या हुने हुन सक्छ ।

३.कपालसम्बन्धी समस्या

फोहोर तकियामा सुत्दा तपाईंको कपालमा फोहोर र ब्याक्टेरिया फस्छ । यसले डन्ड्रफ, चिलाउने र कपाल झर्ने जस्ता समस्याहरू निम्त्याउन सक्छ।

४.आँखाको संक्रमण

यदि तकियाको कभर लामो समयसम्म धोइएन भने, त्यसमा रहेका ब्याक्टेरिया आँखामा पुग्न सक्छ । यसले आँखा पोल्ने, रातो हुने, आँखाको संक्रमणहरू देखापर्ने हुन सन्छ ।

५.निद्राको गुणस्तरमा बाधा

फोहोर र गन्हाउने तकियामा सुत्दा आरामदायी निद्रा नपर्न सक्छ । नाक सकसक हुने, टाउको तथा शरीर चिलाउने जस्ता कारणले निदाउन कठिन हुन हुन्छ । यसले थकान, टाउको दुख्ने र मुड स्विङ हुन सक्छ ।

तकिया कति समयको फरकमा सफा गर्ने ?

सफा राख्नका लागि तकियाको कभर समय– समयमा धुनुपर्छ । यो कति समयको फरकमा धुने भन्ने कुरा चाहिँ आफ्नो परिस्थितिअनुसार फरक हुन सक्छ । यदि त्यहाँ सुत्ते व्यक्तिको टाउको फोहोर छ । धेरै पसिना आएको छ भने तकिया पनि छिट्टै फोहोर हुन्छ । कोठामा धुलो धेरै छिर्ने अवस्था छ भने पनि तकिया चाँडो खराब हुने सम्भावना हुन्छ । शरीरमा पसिना आउने भएकाले जाडोको समयमा भन्दा गर्मीको समयमा तकिया टिछो फोहोर हुन्छ ।

समग्रमा भन्दा तकियाको कभर हरेक हप्ता परिवर्तन राम्रो हुन्छ । खासै धेरै फोहोर हुँदैन भने पनि महिनामा एक पटक अनिवार्य सफा गर्नुपर्छ ।

एलर्जी कपाल तकिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय