३१ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले संघीय लोकतान्त्रिक शासन प्रणालीको मूल्यमान्यतालाई मार्गदर्शनको रूपमा लिएको बताएका छन् ।
राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
कतिपय सांसदहरूले सरकारको शासन व्यवस्थाप्रतिको प्रतिबद्धता के हो भनेर सोधेका थिए । जवाफमा अर्थमन्त्री वाग्लेले भने, ‘यत्रो संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई हामीले मार्गदर्शनकै रूपमा लिएका छौँ । हामी पाङ्ग्राको पुनः आविष्कार गर्न आएका होइनौँ ।’
अग्रजहरूले जुन उपलब्धि ल्याए त्यसलाई समृद्ध बनाउनका लागि आएको उनले बताए । अग्रजहरूको काँधमा उभिएर मात्र नयाँ पुस्ताले परसम्म देख्न सक्ने भन्दै उनले यसअनुसार अगाडि बढिने बताए ।
विगतमा भएका उपलब्धिको जगमा नै अगाडि जाने आफूहरूको राजनीतिक धरातल रहेको उल्लेख गर्दै उनले दोहोर्याए, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति हाम्रो टोटल प्रतिबद्धता छ ।’
प्रतिक्रिया 4