+
+
Shares

केन्द्रीय चलचित्र जाँच समितिको सदस्यमा मनोज पण्डित नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक मनोज पण्डितलाई मन्त्रीस्तरीय निर्णयबाट केन्द्रीय चलचित्र जाँच समितिको सदस्यमा नियुक्त गरिएको छ।
  • सरकारले ल्याएको अध्यादेशपछि तीन सदस्य पदमुक्त भएका थिए र पण्डितलाई तीमध्ये एक रिक्त पदमा नियुक्त गरिएको प्रवक्ता उदयबहादुर रानामगरले बताए।
  • पण्डितले बोर्डको पुनर्संरचनाका लागि पहल गर्ने र फिल्म उद्योग र बोर्डबीच विश्वासको वातावरण सिर्जना गर्नुपर्ने बताए।

काठमाडौं । निर्देशक मनोज पण्डित केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट उनलाई सदस्यमा नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता उदयबहादुुर रानामगरले अनलाइनखबरलाई जानकारी दिए ।

सरकारले गतसाता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त ३ सदस्य पदमुक्त भएका थिए । तीमध्ये रिक्त एक पदमा पण्डित नियुक्त भएका हुन् । बाँकी २ रिक्त सदस्य पदमा नियुक्तीको तयारी भैरहेको प्रवक्ता रानामगरले बताए ।

पण्डितले आजै मन्त्रालयमा पुगेर नियुक्तीपत्र बुझ्नेछन् । सदस्यमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै पण्डितले बोर्डको ब्यापक पुनर्संरचनाका लागि आफूले पहल गर्ने बताए ।

‘मुख्यतः फिल्म उद्योग र बोर्डबीच विश्वासको वातावरण सिर्जना गर्नुछ’ उनले भने, ‘हिजो प्रश्न गर्ने ठाउँमा थिएँ भने आज जवाफ दिने ठाउँमा पुगेको छु ।’ उनले सेन्सर बोर्डभित्र समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?