News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले १०४ बलमा शतक पूरा गरे।
- कुशलले १२ चौका र ३ छक्का प्रहार गरेका छन् र यो ओडिआईमा उनको दोस्रो शतक हो।
- नेपालले ३२ ओभर ३ बलमा एक विकेट गुमाएर १६७ रन बनाएर खेलिरहेको छ र ओपनर आसिफ शेख ५९ रन बनाएर आउट भए।
२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले शतक पूरा गरेका छन् ।
कुशलले १०४ बलमा शतक पूरा गरेका हुन् । उनले १२ चौका र ३ छक्का प्रहार गरेका छन् ।
ओडिआईमा उनको यो दोस्रो शतक हो । कुशलले सन् २०२३ मा नामिबियाविरुद्ध घरेलु मैदानमा शतक बनाएका थिए ।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल ३२ ओभर ३ बलको खेल सकिँदा एक विकेट गुमाएर १६७ रन बनाएर खेलिरहेको छ ।
ओपनर आसिफ शेख ७२ बलमा ५९ रन बनाएर आउट भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4