२ जेठ, काठमाडौं । युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा कार्यरत बास नेपाल काठमाडौं शाखाको अध्यक्षमा मेनका शाही चयन भएकी छन् ।
अध्यक्ष पदको जिम्मेवारी ग्रहण गर्दै शाहीले संस्थाको उद्देश्य, नीति तथा सामाजिक अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले युवाको नेतृत्व विकास, सामाजिक सचेतना, मानव अधिकार, सुशासन तथा सकारात्मक परिवर्तनका क्षेत्रमा संस्थालाई थप सक्रिय र परिणाममुखी बनाउने बताइन् ।
उनका अनुसार संस्थालाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउँदै सदस्यहरूबीच सहकार्य, समन्वय तथा सहभागितामूलक नेतृत्वको अभ्यासलाई प्राथमिकतामा राखिनेछ ।
साथै, सामाजिक विकृति विरुद्ध सचेतनामूलक कार्यक्रम, युवाहरूको क्षमता अभिवृद्धि तथा समाजसेवामूलक गतिविधिहरूलाई निरन्तरता दिइने उनले बताइन्ज ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न छैटौं अधिबेशनबाट शाही अध्यक्षमा चयन भएकी हुन् । शाखाकी निवर्तमान अध्यक्ष शकुन्तला शाहको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः सुशीला धमाला, रमेश विश्वकर्मा, जगदिश्वरी शाह र निश्चल न्यौपाने चयन भएका छन् । सदस्यहरुमा पार्वती पौडेल अधिकारी, कमलप्रसाद शर्मा, रोशन पान्डे र निरुता उप्रेती चयन भएका छन् ।
प्रतिक्रिया 4