२ जेठ, काठमाडौं । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी शनिबार इरानको राजधानी तेहरान पुगेका छन् । इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएले नकवी पूर्व सूचनाबिनै तेहरान पुगेको बताएको छ ।
आईआरएनएले स्रोतलाई उधृत गर्दै पाकिस्तानी गृहमन्त्री नकवीले तेहरानका केही अधिकारीसँग भेटवार्ता गर्ने भनिएको छ ।
इरान र अमेरिकाबीच जारी तनाव हटाउन भइरहेका कूटनीतिक पहल र वार्तामा पाकिस्तानले मध्यस्थता गरिरहेको छ । सोही क्रममा गृहमन्त्री नकवी अचानक तेहरान पुगेको हुनसक्ने अड्कलबाजी भइरहेको छ ।
पाकिस्तानले नै तीन दशकपछि पहिलो पटक अमेरिका र इरानबीच प्रत्यक्ष शान्तिवार्ताको आतिथ्यता दिएको थियो । तर, शान्तिवार्ता हालसम्म सफल हुनसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4