+
+
Shares

दुई दिनमा तोलामा साढे ८ हजार घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ।
  • बिहीबारदेखि आइतबारसम्म सुनको भाउ प्रतितोला ८ हजार ५ सय रुपैयाँले घटेको छ।
  • चाँदीको मूल्य पनि घटेर आइतबार प्रतितोला ५ हजार ६० रुपैयाँ पुगेको छ।

३ जेठ, काठमाडौं । सुनको भाउ ओरालो लागेको छ । दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका  लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा आज ४ हजार ५ सय रुपैयाँले सुनको भाउ घटेको छ । अघिल्लो दिन पनि ४ हजार रुपैयाँले मूल्य घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार र आइतबार गरी सुनको भाउ तोलामा ८ हजार ५ सय रुपैयाँ घटेको हो ।

चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३९० रुपैयाँमा सुनको कारोबार भएकोमा आज ५ हजार ६० रुपैयाँमा झरेको छ । बिहीबार ५ हजार ७४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?