+
+
Shares

बारामा रास्वपाको सबै सांगठनिक कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ।
  • रास्वपाले २७ वैशाखमा बारा जिल्ला कमिटी विघटन गरेको र शनिबार विस्तारित बैठक आह्वान गरेको छ।
  • विस्तारित बैठकले नयाँ निर्णय नगरेसम्म सदस्यता वितरण बाहेकका सबै कार्यक्रम स्थगित रहने छ।

३ जेठ, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।

आगामी असारमा हुने महाधिवेशन लक्षित गरेर देशैभर संगठन निर्माणमा लागेको रास्वपाको बारा जिल्लामा भने जिल्ला कमिटीनै विघटन भएकाले सांगठनिक कार्यक्रम प्रभावित बनेको हो ।

२७ वैशाखमा बारा जिल्ला कमिटी विघटन गरेको रास्वपाले बारा जिल्लामा देखिएको संगठनात्मक समस्या समाधान तथा आवश्यक समन्वयका लागि आगामी शनिबार विस्तारित बैठक आह्वान गरेको छ ।

बारा जिल्ला संगठन निर्माण विशेष समितिकी संयोजक कामीनी चौधरीले एक विज्ञप्ति प्रकाशित गरी वडा, पालिका तथा निर्वाचन क्षेत्र स्तरीय सबै सांगठनिक कार्यक्रमहरू स्थगित भएको जानकारी दिएकी हुन् ।

उनका अनुसार शनिबार बस्ने विस्तारित बैठकले नयाँ निर्णय नगर्दासम्म सदस्यता वितरण बाहेकका पार्टीका अन्य सबै कार्यक्रमहरू स्थगित गरिएको छ ।

९ जेठका लागि बोलाइएको विस्तारित बैठकमा बाराका चारैजना संघीय सांसद, उनिहरुले मनोनयन गरेका पाँच/पाँचजना प्रतिनिधि, पार्टीको केन्द्र, प्रदेश समिति तथा विभागका सदस्य, विघटित जिल्ला समिति, निर्वाचन क्षेत्र समितिका सभापति, अद्यावधिक भएका वडा समितिका सभापति तथा पालिका कमिटीका पदाधिकारीहरू सहभागी हुने जनाइएको छ ।

चन्दन स्वर्णकारको सभापतित्वमा रहेको बारा जिल्ला समिति पटकपटक विवादमा परेपछि रास्वपाको केन्द्रिय समिति वैठकले गत २७ वैशाखमा पार्टीको बारा जिल्ला कमिटी विघटन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?