+
+
Shares

थलीमा धारिलो हतियार प्रहारबाट घाइते कुकुरको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको थलीस्थित तामाङ टोलमा एक सामुदायिक कुकुरमाथि धारिलो हतियारले जथाभावी प्रहार गरिएको छ।

३ जेठ, काठमाडौं । काठमाडौंको थलीस्थित तामाङ टोलमा एक सामुदायिक कुकुरमाथि धारिलो हतियार प्रहार गरिएको घटना सामाजिक सञ्जालमा छाएको छ । खुकुरी वा कुनै धारिलो हतियारले जथाभावी काटिएको अवस्थामा कुकुर भेटिएको हो ।

नेहा गुरुङले सो कुकुरको फोटो, भिडियो सामाजिक सञ्जालमा राख्दै सहयोगको अपिल गरेकी थिइन् । अन्ततः सृजना ठकुरीले कुकुरको उद्धार गरी उपचारको तयारी गरिरहेको जानकारी दिइन् । उनका अनुसार कुकुरको शरीरका विभिन्न भागमा गहिरो चोट लागेका छन् ।

कुकुर सुतिरहेको बेला कसैले अचानक कोखा, खुट्टा आदिमा धारिलो हतियारले प्रहार गरेको हुनसक्ने उनको भनाइ छ ।

आक्रमण गर्नेको खोजी हुँदै

घटनास्थल आसपासका सीसीटिभी फुटेज संकलन गरेर आक्रमणकारी पहिचान गर्ने प्रयास भइरहेको पनि उनले बताइन् । यसअघि पनि सो क्षेत्रमा पशुमाथि दुर्व्यवहार घटना हुँदैआएको सृजनाको भनाइ छ । केही समयअघि पनि एक कुकुरमाथि रड प्रहार गरिएको घटना सार्वजनिक भएको थियो ।

के हुन्छ कारबाही

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसुरको व्यवस्था छ । संहिताको दफा २९० मा ‘कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ तथा सामथ्र्य भन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न नहुने’ उल्लेख छ ।

उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । संहिताको दफा २८९ मा त्यस्ता पशु मारेमा तीन वर्षसम्म कैदको व्यवस्था छ । अंगभंग गराएमा ६ महिनासम्म कैद हुन्छ । रोगी तथा वृद्ध पशुहरुलाई सार्वजनिक स्थानमा छाड्न नहुने र यस्तो कार्य गरेमा तीन महिना कैद र पाँच हजार जरिवानाको प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?