News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सहायक हवल्दार अनिता कार्कीले ३ जेठ २०७९ मा सगरमाथाको सफल आरोहण गरेका छन्।
- अनिता कार्कीले बिहान १० बजेर २० मिनेटमा र निम डिक्की शेर्पाले ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए।
- कार्की सशस्त्र प्रहरीकी पहिलो महिला आरोही हुन् र शेर्पा र कार्कीको अभियानमा शेर्पा निमा साङ्गे शेर्पा र टासी ग्याल्जेन शेर्पा मार्गदर्शक थिए।
३ जेठ, काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
सहायक हवल्दार अनिता कार्किले आज मे १७ तारिख बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११ बजेर ५५ मिनेटको समयमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन् ।
सशस्त्रको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो ।
कार्कीले चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन् ।
आरोही शेर्पा र आरोही कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमश: शेर्पा निमा साङ्गे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया 4