+
+
Shares

प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते ८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ।
  • विनियोजन विधेयकको छलफलपछि जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिनेछ।
  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनुअघि प्रतिनिधि सभाले नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल (कर प्रस्तावबाहेकको छलफल) सुरु हुनेछ ।

त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ ।

 विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएपछि यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनु अघि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

सो प्रस्ताव समिति सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?