News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सार्वजनिक यातायातको यात्रा कठिन रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
- उहाँले प्रतिनिधिसभाको बैठकमा 'सभामुख महोदाय गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कहिलेसम्म यात्रा गर्ने ?' प्रश्न उठाउनुभयो।
- उहाँले दैनिक ४० प्रतिशतभन्दा बढी नेपालीले सार्वजनिक यातायात प्रयोग गर्ने र यसलाई व्यवस्थित, सुरक्षित, मर्यादित बनाउन सरकारलाई आग्रह गर्नुभएको छ।
४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले सार्वजनिक यातायातको यात्रा कठिन रहेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।
‘सभामुख महोदाय गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कहिलेसम्म यात्रा गर्ने ?, यो प्रश्नको सामना हामीले कहिलेसम्म गर्ने ?’ सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने ।
उनका अनुसार दैनिक ४० प्रतिशत भन्दा बढी नेपालीहरूको हिस्सा सार्वजनिक यातायातमार्फत हुने गरेको छ । ‘सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र आरामदायी बनाउन सरकारको ध्यानाकर्षण गर्दछु’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4