+
+
Shares

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गठन गर्‍यो १२ उपसमिति

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न उपसमितिहरू गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले १२ उपसमितिहरू गठन गरेको छ।
  • उपसमितिहरूले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, सूचना प्रविधि, निर्वाचन सुधार लगायत विषयमा काम गर्नेछन्।
  • प्रतिष्ठानले आचारसंहिता निर्माणका लागि मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न उपसमितिहरू गठन गरेको छ । प्रतिष्ठानका प्रमुख उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले चार भिन्न विषयमा छलफल गरेर उपसमितिहरू गठन गरेको हो ।

बैठकले प्रतिष्ठानका सदस्यहरूबाट १२ जनालाई पहिलो चरणमा उपसमितिहरूको संयोजनको जिम्मेवारी प्रदान गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाले जानकारी दिए ।

यी हुन उपसमितिहरू–

१) भूमि व्यवस्था विशेष अभियान उपसमिति, संयोजन — डा. गोपाल दहित
(सुकुम्बासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानलाई साझा दृष्टिको खोजी)
२) विपद् व्यवस्थापन उपसमिति, संयोजन — मानबहादुर थापा
(पूर्व तयारी, उद्दार र पुनस्र्थापना सहजीकरण अभियान)
३) मानसिक स्वास्थ्य : सचेतना अभियान उपसमिति, संयोजन — मोहना अन्सारी
४) सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमिति, संयोजन — ई. दिपेश विष्ट
५) निर्वाचन प्रणाली सुधार: अवधारणा, संवाद र समन्वय उपसमिति, संयोजन — जनक चटौत
६) पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति, संयोजन — ई. अमृत ज्ञवाली
(पूँजिगत बजेट खर्च प्रणालीमा सुधार र पुर्वाधार निर्माणको गतिका लागि आवश्यक नीति र योजना तर्जुमामा कांग्रेसको सुझाव)
७) उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमिति, संयोजन — खगेन्द्र आचार्य
८) शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमिति, संयोजन — डा. कृष्णप्रसाद पौडेल
९) बीपी ज्ञान केन्द्र उपसमिति, संयोजन – प्रकाश लामिछाने
(आगलागीमा जलेको केन्द्रीय पुस्तकालय पुनव्र्यवस्थापन गरेर बी.पी. विचार स्कूलका रूपमा विकास गर्ने)
१०) जातिय विभेद विरुद्ध सचेतना अभियान उपसमिति, संयोजन — एलिजा ढकाल
११) डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति, संयोजन — प्रकृति भट्टराई
१२) ‘ग्रीन टेबल’ उपसमिति, संयोजन — कञ्चन झा
(प्रस्तावित नीतिगत विषयहरू एवं समसामयिक विषयहरू उपर केन्द्रीय कार्यालयमा नियमित रूपमा अन्तरसंवादको समन्वय)

उपसमितिले आगामी बैठकमा प्रारम्भिक खाका प्रस्तुत गर्ने बताइएको छ । बैठकले प्रतिष्ठानको आन्तरिक आचारसंहिता निर्माण गरेर आगामी बैठकमा प्रस्ताव गर्न उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?