+
+
Shares

गुट भत्काएर पार्टी बनाउने अबको नीति हो : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वको अबको नीति गुट भत्काएर पार्टी बनाउने रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गुट भत्काएर पार्टी बनाउने नीति अगाडि बढाउने बताएका छन्।
  • शर्माले विशेष महाधिवेशनमा सहभागी नभएकालाई पनि जिम्मेवारी दिइरहेको र थप समेटिने बताए।
  • उपसभापति शर्माले सदस्यता अद्यावधिकमा अविश्वास नगर्न र वडा सभापतिलाई विश्वास गर्न आग्रह गरे ।

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वको अबको नीति गुट भत्काएर पार्टी बनाउने रहेको बताएका छन् । काभ्रेको धुलिखेलमा सोमबार देखि सुरू भएको ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘विशेष महाधिवेशनमा सहभागीलाई मात्रै जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्छ,’ शर्माले भने, ‘तर, विशेषमा सहभागी नभएकालाई पनि समेटेर क्रमशः जिम्मेवारी दिइँदैछ, थप समेटिनेछ । यो गुट भत्काउने पार्टी बनाउने बाटो हो ।’

उनले पार्टीका क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक गर्न पनि आग्रह गरे । ‘गगन थापालाई विश्वास नगर्नुस् ठीक छ, तर आफ्नै वडाको पार्टी सभापतिलाई विश्वास गर्नुस्,’ उपसभापति शर्माले भने, ‘क्रियाशिल सदस्यता अधावधिक गर्ने गगन थापाले होइन, वडा–वडामा त्यही वडाका पार्टी सभापतिले गर्ने हो ।’

उपसभापति शर्माले सदस्यता अद्यावधिकमा कसैका प्रति अशांका र अविश्वास गर्न आवश्यक नभएको पनि तर्क गरे । ‘को प्रति शंका र अविश्वास ?,’ प्रश्न गर्दै उनले भने, ‘अद्यावधिक गर्ने उनै १४ औं महाधिवेशन क्रममा चयन भएका वडा सभापति । पालिकामा उनै सभापति अनि जिल्ला सभापति उनै होइनन् र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?