+
+
Shares

डब्लूएचओको ७९औं महासभामा नेपाललाई उपाध्यक्षको जिम्मेवारी

नेपालले पाएको यो जिम्मेवारीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभामा उपाध्यक्षको जिम्मेवारी पाएको छ।
  • उपाध्यक्षमा नेपालसँगै लिबिया, मालि, पोल्यान्ड र पपुवान्युगिनी रहेका छन्।
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले महासभामा सार्वजनिक स्वास्थ्य सुधार र स्वास्थ्य सेवा पहुँच विस्तारबारे सम्बोधन गर्नेछिन्।

४ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठनको (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले उपाध्यक्षको जिम्मेवारी पाएको छ ।

जेनेभामा सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई उक्त गरिमामय जिम्मेवारी प्रदान गरिएको हो ।

नेपालले पाएको यो जिम्मेवारीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

उपाध्यक्षमा निर्वाचित अन्य देशहरूमा लिबिया, मालि, पोल्यान्ड र पपुवान्युगिनी रहेका छन् ।

विश्व स्वास्थ्य संगठनको सर्वोच्च नीति निर्माण मञ्च मानिने विश्व स्वास्थ्य महासभामा सदस्य राष्ट्रहरूले विश्व स्वास्थ्यसम्बन्धी नीति, प्राथमिकता तथा सहकार्यका विषयमा छलफल गर्ने गर्दछन् ।

महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बोधनमा नेपालले सार्वजनिक स्वास्थ्य सुधार, स्वास्थ्य सेवा पहुँच विस्तार तथा विश्व स्वास्थ्य सहकार्यसम्बन्धी आफ्ना धारणा प्रस्तुत हुनेछ ।

महासभामा विश्वभरका सदस्य राष्ट्रका प्रतिनिधि, स्वास्थ्य विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?